काठमाडौँ-लोकतान्त्रिक पत्रकार संघले आफ्नो विधानअनुसार नयाँ केन्द्रीय पदाधिकारी र सदस्यहरूको मनोनयन गरी कार्यसमिति विस्तार गरेको छ। संघले पत्रकार संघको संयोजक कामरेन्द्र वर्माको नेतृत्वमा कार्यसमिति विस्तार गरेका हुन् ।
नवनिर्वाचित कार्यसमितिमा सर्लाहीका कामरेन्द्र वर्मा संयोजकमा चयन भएका छन्। यसैगरी, वरिष्ठ उपाध्यक्षमा धनुषाका विजेता चौधरी रहेका छन्। उपाध्यक्षहरूमा महोत्तरीका संजीव कुमार झा, गोर्खाकी श्रीमती कुसुम भण्डारी र बाराका विजेन्द्र कुमार चौधरी मनोनयन भएका छन्।
संघको महासचिवमा सर्लाहीका सुस्मिता लाल, चन्द्रमोहन चौधरी र मोरङका शिवम मिश्रले जिम्मेवारी पाएका छन्। सचिव पदमा पर्साका मुकेश कुमार साह, महोत्तरीका सुरेन्द्र कुमार सिंह र धनुषाकी प्रियंका शर्मा रहेका छन्। सिरहाकी रानी पाल कोषाध्यक्षमा मनोनयन भएकी छन्।
त्यसैगरी, कार्यसमितिका सदस्यहरूमा धिरज कुमार दत्त धनुषा, महोत्तरीका धमेन्द्र कुमार यादव, धनुषाकी प्रीति कुमारी झा, बाराका अनिल वर्मा, सप्तरीका अशोक कुमार झा र सतिश कुमार चौधरी, काठमाडौंका देवानन्द झा, रौतहटका दिलिप पाण्डे र राधेश्याम साह, बैतडीका धिरज विजी, सर्लाहीका मुकेश कुमार झा र कृष्ण मुरारी मिश्र, पर्साका रेयाज आलम मुकेरी, रुपन्देहीका बिरु कहार र हृदय राम गुप्ता, सुनसरीका देवराज यादव, महोत्तरीका विकास कुमार मण्डल र विजय कुमार झा तथा धनुषाका बिपेन्द्र कुमार साह रहेका छन्।

नयाँ कार्यसमिति गठनसँगै संघले पत्रकारिता, समावेशीता, देश, मधेस र पार्टीको हितमा उल्लेखनीय काम गर्ने विश्वास व्यक्त गरेको छ। संयोजक कामरेन्द्र वर्माले नवगठित कार्यसमितिले संघलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका छन्।










