काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको मध्यबानेश्वरस्थित थापागाउँमा स्थापना गरिएको सम्पर्क कार्यालय आज (बिहीबार) उद्घाटन गर्ने भएकी छन्।
दिउँसो २ बजे औपचारिक रुपमा कार्यालय उद्घाटन कार्यक्रम तय गरिएको छ।
भण्डारीले भाडामा लिएको सो घर मदन भण्डारीको हीरक जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालयसमेत रहने गरी प्रयोग गरिने भएको छ। समितिको संयोजकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल रहेका छन्।
एमालेको नवौं पूर्ण बैठकले भण्डारीलाई पार्टी राजनीतिमा फर्कन रोक लगाउँदै उनको सदस्यता निष्क्रिय तुल्याएको भए पनि उनले पछिल्लो समय राजनीतिक गतिविधि तीव्र पारेकी छन्।









