काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा ८४६ जना नयाँ कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ।
सशस्त्र प्रहरी बल मानव स्रोत विभागले आज एक सूचना जारी गर्दै ठूलो संख्यामा जवान, भान्से, कुचीकार, सूचीकार, केशकर्तक र चर्मकर्मी पदका लागि दरखास्त आह्वान गरेको हो । जवान ७८६ जना, भान्से २६, कुचीकार १०, सूचीकार १३, केशकर्तक १० र चर्मकर्मी १ गरी आठ सय ४६ जना माग गरिएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि आगामी असोज ७ गतेसम्म दरखास्त दिन सक्नेछन्।
सूचना हेर्नुहोस् :












