images
images
images

कृषि विकास बैंक ब्राण्ड एम्बेसडरमा साम्बाको निरन्तरता

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई कृषि विकास बैंक लिमिटेडबीच ब्राण्ड एम्बेसडरमा सम्झौता नविकरण गर्दै निरन्तरता दिएको छ ।

महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ फेरि कृषि विकास बैंकसँग जोडिएकी छिन्। गत वर्ष ब्राण्ड एम्बेसडर बनेकी साम्बाले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सम्झौता नवीकरण गरिन्।

सम्झौतामा बैंकका उप महाप्रबन्धक सुदीप कुमार दाहाल र साम्बाले हस्ताक्षर गरे। रकम सार्वजनिक नगरिए पनि दुवै पक्षको सहमति अनुसार सम्झौता भएको बैंकले जनाएको छ।

कार्यक्रममा साम्बाले भनिन्, “सानैदेखि विज्ञापनमा खेलाडीको तस्बिर देख्दा सपना देख्थें। कृषि विकास बैंकले त्यो सपना पुरा गरिदियो।”

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले साम्बाको मेहनत र योगदानको प्रशंसा गर्दै भने, “साम्बा हाम्रो बैंकको प्रतिष्ठा हुन्। खेलमैदान जस्तै बैंकिङ्ग क्षेत्रमा पनि हामी अब्बल बन्ने लक्ष्यसहित अघि बढिरहेका छौं।”

बैंकको प्रचार-प्रसारमा साम्बाको उपस्थितिले राम्रो प्रभाव पारेको मार्केटिङ विभाग प्रमुख सरिता दहालले बताइन्।

यसअघि साम्बा म्याक्सीम्याक्स एजुकेसन एण्ड भिसा सर्भिसेस र हिरो मोटोकर्पको ब्राण्ड एम्बेसडर पनि बनिसकेकी छिन्।