काठमाडौं– लिपुलेक हुँदै सीमापार व्यापार गर्ने भारत–चीनको सहमतिको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनले काठमाडौंस्थीत भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् ।
लिपुलेक नेपालको सार्वभौम भू–भाग भएकाले भारत–चीनबीच सो क्षेत्रमा व्यापारिक नाका खोल्ने निर्णय विरुद्ध संयुक्त विद्यार्थी संगठनले शनिबार दुतावास अगाडी प्रदर्शन गरेका हुन् ।

नेपाली भूमिमा हुने यस्ता सम्झौता र हस्ताक्षरहरूले नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमिकतालाई गम्भीर रूपमा चुनौती दिएको भन्दै भारतीय दुतावास बाहिर प्रदर्शन गरिएको उनीहरुले जनाएका छन् ।
यस बिषयमा सरकारलाई पनि स्पष्ट धारणा सार्वजनिक गर्न, आवश्यक कूटनीतिक पहल गर्न र राष्ट्रियता संरक्षणमा दृढ कदम चाल्न आह्वान समेत गरिएको अखिल छैठौंका अध्यक्ष सुवास जिसीले बताए ।
प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय स्वाधिनताका रक्षा गरौं, गो व्याक इन्डिया लगायतका नारा लगाएका थिए ।










