images
images
images

रौतहटमा सुटकेसभित्र भेटियो महिलाको शव

हेटौँडा– रौतहटको गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालवा मोडमा सुटकेशमा महिलाको शव भेटिएको छ।

सुटकेस भित्र भेटिएको महिलाको अहिलेसम्म कुनै पहिचान नभइसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार रसिले  बाँधिएको अवस्थामा फेला परेको सो सुटकेस खोलेपछि भित्र महिलाको शव रहेको देखिएको छ। महिलाको हत्या गरी सुटकेसमा हालिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

टाउकोमा गहिरो चोट देखिएको छ। प्रहरीले मुचुल्कापछि शवलाई पोस्टमार्टमक लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ ।थप अनुसन्धान भइरहेको नायव प्रहरी उपरीक्षक राजु कार्कीले बताएका छन्।