images
images
images

वर्तमान सरकारले संविधान संशोधनको प्रस्ताव संसद्‌मा लैजान्छ : योगेश भट्टराई

काठमाडौँ – नेकपा एमाले सचिव योगेश भट्टराईले वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रस्ताव संसद्‌मा ल्याउने बताएका छन्।

 

काठमाडौँमा आइतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको र सरकारले संविधान संशोधनको एजेण्डालाई प्राथमिकतामा राखेको बताए।

उनले संशोधन प्रस्ताव लैजाने बारेमा संसद्का सबै राजनीतिक दलसँग छलफल हुने पनि स्पष्ट पारे। उनले संविधान संशोधनका लागि संसद्को दुई तिहाइ बहुमत आवश्यक पर्ने भन्दै नेपाली काँग्रेस र एमालेको समर्थनले मात्रै संविधान संशोधन हुन नसक्ने बताए।

संविधान संशोधनका एजेण्डालाई नागरिकमा पनि लगेर छलफल गर्ने बताए। सकेसम्म सर्वसम्मत हुने गरी संविधान संशोधनको प्रस्ताव लैजाने प्रतिबद्धता जनाए।

सचिव भट्टराईले भने, ‘हामी यो सरकारको कार्यकालभित्र संविधान संशोधनको प्रस्ताव संसद्‌मा ल्याउँछौँ, यति कुरा म ढुक्कसित भन्छु। काँग्रेस र एमालेको मात्रै समर्थनले संविधान संशोधन हुँदैन। सकेसम्म सर्वसम्मत हुनेगरी संविधान संशोधनको प्रस्ताव लैजान्छौँ। निर्वाचन प्रणाली पनि छ त्यसको एजेण्डा।’

सचिव भट्टराईले राजनीतिक दलहरूको अडिट पनि महालेखाले गर्नुपर्ने प्रस्ताव गरे।