images
images
images

विपिनकी आमा र बहिनीले परराष्ट्रमन्त्रीलाई भेटे

काठमाडौँ – हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीकी आमा र बहिनीले परराष्ट्रमन्त्री आरजु राणालाई भेटेका छन्।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनीहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका थिए।

विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न र इजरायल सरकारलाई अपिल गर्न केही दिनअघि इजरायल गएका थिए। इजरायलबाट फर्केपछि आज उनीहरुले परराष्ट्रमन्त्रीलाई भेटेका हुन्।

भेटका क्रममा परराष्ट्रमन्त्री राणाले विपिनको रिहाइका लागि सरकारले आगामी दिनमा थप सशक्त पहल गर्ने बताएकी थिइन्।