images
images
images

सुनिल पौडेललाई एक लाख धरौटीमा छाड्न आदेश

काठमाडौं– विशेष अदालतले श्रृङखलावद्ध भ्रष्टाचारको आरोप लागेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनीसँग एक लाख रुपैयाँ धरौटी मागेको हो ।

उनीमाथि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा करिव १६ लाख रुपैंया भ्रष्टाचार गरेको आरोप थियो । विशेष अदालतको आदेशका कारण मात्रै उनी थुनामुक्त हुन पाउने छैनन् किनभने यसअघिका अरु भ्रष्टाचार मुद्दामा उनलाई थुनामा पठाउन आदेश भएको छ ।