एजेन्सी– अपराध दर बढ्दै गएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टन डीसीमा नेसनल गार्डलाई गस्ती गर्न आदेश दिएका छन्।
अपराधको वृद्धि, विशेष गरी गोली प्रहार र हिंसात्मक घटना बढेको भन्दै ट्रम्पले नेसनल गार्ड परिचालन गरेका हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले डीसीमा हतियारसहितका सुरक्षाकर्मी परिचालन भएको देखिएको बताएका छन्। अधिकारीहरुका अनुसार कोरोना महामारीपछि बेरोजगारी र सामाजिक असमानताको कारण अपराध दरमा वृद्धि भएको छ। न्यूयोर्क, शिकागो र बाल्टिमोर जस्ता शहरहरूमा हिंसा र लुटपाटका घटना बढेका छन्।
बाल्टिमोरमा हत्या दर २०२३ मा २४ प्रतिशत घटे पनि, हिंसात्मक अपराध अझै उच्च रहेको समाचार एजेन्सी एपीले जनाएको छ। राष्ट्रपति ट्रम्पका अनुसार, नेशनल गार्डको परिचालनले घीय सुरक्षाको गम्भीर आवश्यकता पूरा गर्ने छ। उनले बाल्टिमोर, शिकागो र न्यूयोर्कमा पनि नेशनल गार्ड परिचालन विस्तार गर्ने योजना बनाएका छन्।
ट्रम्पको यो कदमले स्थानीय नेतृत्व र नागरिक अधिकार समूहबाट विरोध शुरु भएको छ। अधिकारकर्मीहरुले यो कदम जातीय भेदभावको प्रयास र नागरिक अधिकारको उल्लंघन भएको बताएका छन्।










