images
images
images

चौथों वार्षिकोत्सव मनाउँदै लोसपा

काठमाडौं, ९ भदौ – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल स्थापनाको चार वर्ष पूरा गरी पाचौं वर्षमा प्रवेश गरेको छ ।

पहिचान, संघीयता र लोकतान्त्रिक समाजवादलाई मूल सिद्धान्त बनाउँदै आजभन्दा चार वर्ष अगाडि महन्थ ठाकुरको अध्यक्षतामा लोसपा नेपाल गठन भएको थियो ।

लोसपा गठनदेखि नै संघीयता, लोकतन्त्र र गणतन्त्रको संस्थागत गराउन सदन, सरकार र सडकबाट जोडदार आवाज उठाउँदै आएको छ । मधेशी लगायत उत्पीडित समुदायको पहिचान र अधिकार संस्थागतका सदैव प्रतिबद्ध रहँदै आएको नेताहरु बताउँछन् ।

लोसपाका उपाध्यक्ष एवं प्रवक्ता डा.आभाष लाभ भन्छन्, ‘केही वर्षअघि यही दिनमा, मुलुकमा लोकतन्त्रलाई संस्थागत गर्ने, गणतंत्र लाइ सबल बनाउने तथा मधेशी जनताको अधिकार सुनिश्चित गर्ने संकल्पसहित यो पार्टीको जन्म भएको थियो ।’

उनले भनेका छन्, ‘हाम्रो यात्रा सरल थिएन । देशको राजनीतिक उतारचढाव, चुनौती र आलोचनाबीच पनि हामीले सिद्धान्त र मूल्यबाट कहिल्यै सम्झौता गरेनौं । यही प्रतिबद्धता नै हाम्रो पुँजी हो । तर इतिहासलाई मात्र सम्झेर बस्नु हुँदैन। हामीलाई अझ राम्रो बन्न निरन्तर आत्मसमिक्षा र सुधार आवश्यक छ । अन्तमा सबैमा अनन्त शुभकामना ।’