images
images
images

एमाले नेता महरलाई हाजिर जमानीमा छाडेर अनुसन्धान गर्न निर्देशन

काठमाडौँ –बुधबार पक्राउ परेका एमाले केन्द्रीय सदस्य ऐन महरलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान गर्ने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले निर्णय गरेको छ।

महरलाई काठमाडौँ जिल्ला अदालतको पुर्जीका आधारमा प्रहरीले बुधबार पक्राउ गरेको थियो।

बलात्कार तथा यौन शोषण गरेको भन्दै प्रहरीमा जाहेरीपछि उनी पक्राउ परेका थिए।

काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार महरलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिइएको छ।

उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले आज पक्राउ पुर्जी जारी गरेको थियो । त्यसै पक्राउ पुर्जीका आधारमा उनी पक्राउ परेका थिए ।