काठमाडौं – राज्यव्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएकी छन् । बुधबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएकी हुन् ।
कार्यक्रममा गृहमन्त्री, रक्षामन्त्री, कानुनमन्त्री, युवा तथा खेलकुदमन्त्री तथा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक, प्रमुख सचेतक र सांसदहरू सहभागी थिए ।
समितिको सभापति पदका लागि भएको निर्वाचनमा न्यौपानेको मात्र उमेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन् ।










