images
images
images

भारत र चीनबीचबारे भारतसँग मात्र नभई चीनसँग पनि प्रश्न गर्ने बेला आएको छः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भारत र चीनबीच कालापानी, लिपुलेक र लिम्पियाधुरा हुँदै भएको द्विपक्षीय व्यापार सम्झौताबारे अब भारतसँग मात्र नभई चीनसँग पनि प्रश्न गर्ने बेला आएको बताएका छन् ।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले लिपुलेक क्षेत्र नेपालको हो भन्ने थाहा हुँदाहुँदै पनि चीनले भारतसँग व्यापार सम्झौता गरेर नेपालसँगको सीमा सम्झौताबारे अस्पष्ट नीति लिएको आरोप लगाए ।

उनले भने, “लिपुलेक, कालापानी र लिम्पियाधुराको बारेमा अब हाम्रो प्रश्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मात्रै छैन । चिनियाँ राष्ट्रपति सी जिनपिङ या ली क्याङसँग पनि हाम्रो प्रश्न छ ।”

उनले चीनले नेपाल र चीनबीच भएका सीमा सम्झौताहरूबारे जानकार हुँदाहुँदै पनि व्यापारको कुरामा अस्पष्ट देखिएको बताए ।

मन्त्री गुरुङका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा यो विषयमा छोटो वार्ता गर्ने योजना रहेको छ ।