images
images
images

डडेल्धुरा जिप दुर्घटना अपडेट : मृत्यु हुनेहरू सबैको सनाखत

डडेल्धुरा – डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका चार जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा १८ वर्षका सुरेश साउँद, २३ वर्षका सुरेश पार्की, ४० वर्षकी तारा अवस्थित, र ७२ वर्षीया कलावती साउद रहेका छन्। चालक ३५ वर्षीय रामबहादुर साउदले चलाएको से.१ ज ७३८ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।

मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

यसैगरी दुर्घटनामा परी ६ जना घाइते भएका छन्। घाइतेहरूमा १८ वर्षीया सुशीला विक, ४ वर्षीय प्रतिक पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, चालक रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश विक रहेका छन्।

घाइतेहरूको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पतालतर्फ पठाइएको छ। दुर्घटनाको कारण भने खुलेको छैन।

ठाँटा बजारबाट डडेल्धुरा बजारतर्फ आउँदै गरेको जिप भित्री सडक खण्डको चौडमा दुर्घटना भएको हो। जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो।