विराटनगर, १२ भदौ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विराटनगर आइपुग्नुभएको छ। उहाँ पार्टीको प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न मोरङ पुग्नुभएको हो।
विराटनगरमा प्रचण्डले विभिन्न जिल्लाबाट आएका नेता कार्यकर्तासँग अन्तरक्रियासमेत गर्नुहुनेछ । प्रदेशस्तरीय बैठकमा सहभागिताका लागि विभिन्न जिल्लाका प्रदेशस्तरीय नेताहरु विराटनगर आइपुगेका छन् ।











