images
images
images

‘कुलिङ अफ पिरियड’ २ वर्षको राख्ने सहमति

काठमाडौं– निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’को अवधि २ वर्ष राख्ने सहमति जुटेको छ । शनिबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकले विधेयकमा कुलिङ पिरियड २ वर्ष राख्नुपर्ने निर्णय गरेको हो ।

प्रतिनिधि सभाबाट पारित भइसकेपछि हेरफेर भएको कुरा खुलेपछि विवादित बनेको विधेयकमा दफावार छलफलपछि दुई वर्षको कुलिङ अफ पिरियड राख्ने निर्णय भएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जानकारी दिइन् ।

यो व्यवस्थामा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउनेछैन’ भन्ने प्रावधान राखिएको छ ।