images
images
images

सामसङ ग्यालेक्सी ए–१७ फाइभजी सार्वजनिक, ६ वर्षसम्म सुरक्षा अपडेट पाइने

दक्षिण कोरियाली ब्राण्ड सामसङले ‘ए’ सिरिज अन्तर्गत सामसङ ग्यालेक्सी ए–१७ फाइभजी सार्वजनिक गरेको छ।

फोनमा ६.७ इञ्चको सुपर एमोलोइड डिस्प्ले जडान गरिएको छ। फोनको पछाडि तीन वटा क्यामरा जडान गरिएको छ। जसमा मूख्य क्यामरा ५० मेगापिक्सल, अल्ट्रावाइड क्यामरा ५ मेगापिक्सल र म्याक्रो लेन्स २ मेगापिक्सल छ।

कम्पनीले फोनमा ६ वर्षको सुरक्षा अपडेट र ओएस अपग्रेड सुविधा दिएकाे छ।

यो फोन ८ जिबी/१२८ जिबी र ८ जिबी/२५६ जिबी गरी दुई क्षमतामा पाइन्छ। फोनको मूल्य क्रमशः २८ हजार ९ सय ९९ र ३४ हजार ९ सय ९९ तोकिएको छ।

‘ग्यालेक्सी ए–१७ मार्फत हामीले नेपाली उपभोक्तालाई अझ स्मार्ट, सहज र व्यक्तिगत अनुभव दिने लक्ष्य राखेका छौं, सामसुङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने।