काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ।
रुपन्देही– ३ मा आगामी कार्तिक १७ गते प्रतिनिधिसभा उपनिर्वाचन हुँदै छ। रास्वपाको सचिवालय बैठकले नौ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
अनलाइन भोटिङमा सबैभन्दा बढी भोट पाएकोले थापालाई उम्मेदवार बनाइएको रास्वपाले जनाएको छ।
थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री उपनिर्वाचनको उम्मेदवारका आकांक्षी थिए।
थापा वरिष्ठ न्युरोलोजिस्ट हुन्। उनले न्युरोलोजीमा एमडी गरेका छन्।
तस्बिरः नेपाल फोटो लाइब्रेरी।










