images
images
images

सरकार सत्ता कब्जा गर्नेतिर लाग्यो, हामी आन्दोलनमा जान्छौँः अग्नि सापकोटा

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारविरुद्ध आन्दोलन गर्ने बताएका छन्।

अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार निरंकुशतातर्फ गएकाले आफ्नो पार्टीले आन्दोलनमा जाने तयारी रहेको बताएका हुन्।

उपाध्यक्ष सापकोटाले संसद्‌मा पार्टीको संख्या पनि कम भएकाले सरकारलाई दबाब दिन जनतालाई जागृत गर्न पनि सडक आन्दोलनमा जानुको विकल्प नरहेको तर्क गरे।

सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने अवस्था आएकोले त्यसको तयारी रहन पनि उनले पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे। सरकार अधिनायकवाद, तानाशाही र निरंकुशतातिर गइरहेकाले आफूहरुले जनतालाई सचेत गराउन आन्दोलनमा जाने बाटो तय गरेको उपाध्यक्ष सापकोटाको भनाइ थियो।

उनले सत्तारुढ कांग्रेस–एमालेबीच पनि भयानक ठूलो अन्तर्विरोध रहेको जिकिर गरे।