काठमाडौं– सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग लिखित जवाफ माग गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले श्रेष्ठसँग लिखित जवाफ माग गरेको हो ।
कानुनका विद्यार्थी आयुष दाहालले श्रेष्ठ विरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए । पूर्वमन्त्री समेत रहेका श्रेष्ठले ६ भदौमा सामाजिक सञ्जाल फेसबुकमा गरेको पोस्टले अदालतको अवहेलना भएको जिकिर निवेदन गरिएको थियो ।
श्रेष्ठले भनसुन र घुस बिना अदालतबाट न्याय नपाइने भनी सामाजिक सञ्जालमार्फत अदालतप्रति अनास्था फैलाउने खालको सामग्री पोस्ट गरेको दाबी निवेदनमा गरिएको थियो ।









