images
images
images

गृहमन्त्री लेखकद्वारा आइजिपी थापाको बिदाइ

काठमाडौँ, १८ भदौ – गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापालाई बिदाइ गरेका छन्।

बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा  मन्त्री लेखकले आइजिपी थापालाई शुभकामनासहित बिदाइ गरेका हुन्।

आइजिपी थापा आज मध्यरातिदेखि अनिवार्य अवकाशमा जाँदैछन्।

गृहमन्त्री लेखकले कार्यक्रममा बोल्दै राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवं इमानदारीपूर्वक सम्पन्न गरेको बताए।

सरकारले बिहीबारदेखि लागु हुनेगरी एआइजी चन्द्रकुवेर खापुङलाई आइजिपी बनाउने निर्णय गरेको छ।