काठमाडौँ, १८ भदौ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ।
बुधबार काठमाडौँको प्रज्ञा भवन, कमलादीमा आयोजित भव्य समारोहका बीच प्रचण्डले सम्मेलनको औपचारिक उद्घाटन गर्नुभयो।
अनेमसंघ क्रान्तिकारीकी उपाध्यक्ष गंगा बेल्बासेका अनुसार सम्मेलनको उद्घाटन समारोह प्रज्ञा भवनमा सम्पन्न भएको छ भने बन्दसत्र भोलि र पर्सी सुकेधारास्थित एक पार्टी प्यालेसमा हुनेछ। सम्मेलनले १७ सदस्यीय पदाधिकारीसहित २१५ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्नेछ।

सम्मेलनमा माओवादी केन्द्रका नेताहरू, कार्यकर्ता, र महिला अधिकारका क्षेत्रमा सक्रिय विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको छ। यो सम्मेलनले महिला सशक्तीकरण र समानताका लागि नयाँ नेतृत्व र रणनीति तय गर्ने अपेक्षा गरिएको छ।











