images
images
images

विनोद श्रेष्ठको छोराको कार्यालयमा पनि प्रहरीको छापा

काठमाडौँ – प्रहरीले गोंगबुमा ४ करोड २५ लाख नगद र साढे ९ केजी सुनसहित पक्राउ परेका विनोद श्रेष्ठको छोराको कार्यालयमा पनि छापा मारेको छ । मंगलबार राति साढे ९ बजेतिर काठमाडौँ– १६ नयाँ बजारमा रहेको राजकुमार श्रेष्ठको कार्यालयमा प्रहरीले छापा मारेको हो ।

राजकुमारले भाडामा लिएको फ्ल्याटमा छापा मारेर ९० हजार नगद र केही सुनका गहना बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । राजकुमारको कार्यालयबाट प्रहरीले ५ थान छड्के तिलहरी, नौगेडी, दुई थान बेरुवा औँठी र १ थान लकेट बरामद गरेको छ । उनी फरार छन् ।