काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो ‘डिप फेक’ अडिओ बनाएको भन्दै साइबर ब्युरोमा निवेदन दिएका छन् । बुधबार वाग्लेले साइबर ब्युरोमा अनुसन्धान गर्न निवेदन दिएका हुन् ।
नेपाल–भारत सम्बन्ध, सीमा समस्यामा वाग्लेको अभिव्यक्ति भन्दै विभिन्न भिडिओ र अडिओ सामग्री सामाजिक सञ्जालमा राखिएको थियो । वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेको जस्तो बनाइएको थियो ।
त्यसपछि वाग्ले साइबर ब्युरो पुगेका हुन् । यस्ता सामग्री पोस्ट गर्नेलाई कानुनी दायरामा ल्याउन उनले माग गरेका छन् । ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले निवेदन दर्ता भएको र अब अनुसन्धान सुरु गर्ने जानकारी दिए ।










