काठमाडौँ – सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा कृष्ण प्रसाद मैनाली नियुक्त भएका छन् । केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भई आएका मैनालीलाई विभागको महानिर्देशक बनाइएको हो ।
तत्कालीन महानिर्देशक सुमन दाहाल अर्थ मन्त्रालयमा सरुवा भएपछि रिक्त भएको विभागमा मैनालीलाई पठाइएको हो ।
त्यस्तै, प्रधानमन्त्री कार्यालयका उपसचिव अर्जुन पौडेललाई राजश्व अनुसन्धान विभागअन्तर्गत सरुवा गरिएको छ ।
यी दुवै निकायलाई वित्तीय सुशासनका लागि महत्वपूर्ण अड्डा मानिन्छ ।










