काठमाडौँ– सरकारले दर्ता नभएको भन्दै बन्द गरेपछि सामाजिक सञ्जाल ट्विटर (एक्स) सरकारको सम्पर्कमा आएको छ।
शुक्रबार बिहान ट्विटरले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ताका लागि पत्रचार गरेको मन्त्रालयले जनाएको छ।
दर्ता प्रकृयाकाबारेमा मन्त्रालयले पनि जवाफ पठाइसकेको छ।
यसअघि फेसबुकको माउ कम्पनी मेटा पनि सरकारी अधिकारीको सम्पर्कमा आइसकेको छ।










