काठमाडौँ – एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन अनुरोध गरेकी छिन्।
शुक्रवारबाट ललितपुरको गोदावरीमा शुरु भएको पार्टीको दोश्रो विधान अधिवेशनमा सहभागी हुन वञ्चित गराइएको अवस्थामा भण्डारीले शुभकामान सन्देश दिँदै चिठ्ठी अध्ययन गर्न आग्रह गरेकी हुन्।
भण्डारीले महाधिवेशन प्रतिनिधिहरुका लागि पत्र पठाएर आफूमाथि पार्टीले गरेको अन्यायको बारेमा बताएकी छिन्। पार्टी सदस्यता नै निष्क्रिय बनाइएपछि उनैलाई लक्षित गर्दै सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेको थियो ।
बिहीवार साँझ बसेको सचिवालय बैठकले पार्टीले कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय केन्द्रिय कमिटीको अधिकारक्षेत्रभित्र पर्ने र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण नभएको अवस्थामा विधान अधिवेसनमा एजेण्डा पनि बन्न नसक्ने बताएको थियो।










