images
images
images

काँग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक

काठमाडौँ- नेपाली काँग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भोलि आइतबार बिहान ९ बजे बस्नेछ ।

बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।