images
images
images

मन्त्री सवार गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज

ललितपुर – हरिसिद्धीमा मन्त्री सवार गाडीले ठक्कर दिँदा घाइते भएकी बालिका अस्पतालबाट डिस्चार्ज भएकी छन्।

शनिबार बिहान सवा ७ बजे ललितपुर महानगरपालिका-२८ स्थित हरिसिद्धीमा कोशी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार सरकारी नम्बर प्लेट को १ झ ६९९ नम्बरको गाडीले बालिकालाई ठक्कर दिएको थियो। घटनापछि उषालाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो।

गाडीको ठक्करबाट घाइते भएकी ललितपुर महानगरपालिका २८ डेरा गरी बस्ने ११ वर्षीया बालिकालाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो। प्रहरीका अनुसार बालिकाको गाला र घुँडामा चोट लागेको थियो ।

मन्त्री मगर एमालेको विधान महाधिवेशनमा सहभागी हुन गोदावरी जाँदै थिए। प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले घाइते बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले ब्यहोर्ने बताएका छन्।