काठमाडौं – बसन्तपुरमा इन्द्रजात्राका लागि पुगेका राष्ट्रपति रामचन्द्र पौडेललाईं काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वागत गरेका छन् ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका बेला भने उनी देखिएनन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले प्रधानमन्त्री ओलीको स्वागत गरेका हुन् ।
गत वर्षको इन्द्रजात्रामा अनुपस्थित भएका मेयर शाह यसपटक भने बसन्तपुुर पुगेका थिए ।
इन्द्रजात्रामा सहभागी हुन विशिष्ठ व्यक्तिहरू वसन्तपुर पुगेका छन् ।
काठमाडौं उपत्यकावासीले विशेष महत्त्वका साथ मनाउने इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, प्रधानन्याधीश प्रकाशमानसिंह राउत, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, प्रहरी महानिरीक्षक कुबेरचन्द्र खापुङलगायत विशिष्ठ व्यक्तिहरू इन्द्रजात्रामा सहभागी हुन वसन्तुर पुगेका हुन् ।
काठमाडौं महानगरपालिका आयोजकको रुपमा रहने इन्द्रजात्रामा मेयर बालेन साहले राष्ट्रपति पौडेललाई स्वागत गरेका थिए । तर, बालेनले प्रधानमन्त्री ओलीलाई भने स्वागत गरेनन् । प्रधानमन्त्री ओलीलाई महानगरका प्रशासकीय अधिकृत सरोज गरागाईंले स्वागत गरेका थिए ।
-1757155679.jpg)












तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी












