images
images
images

जेन्जी आन्दोलनलाई गोकुल बास्कोटाको समर्थन, भन्छन्, ‘सरकारले उत्तर कोरिया बनाउँछ’

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले सोमबार हुने जेन्जी आन्दोलनलाई समर्थन गरेका छन्।

सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएलगत्तै जेन्जी पुस्ताले थालेको विरोध अभियानको अभियानको समर्थनमा बास्कोटा पनि लागेका हुन्।

‘जेन्जी र अल्फा पुस्ता आइसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काउँदै छ। हाहुमा हैन क्षितिज पारिसम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन। मौसम त दुई महिनामा हल्का रङ्ग फेर्छ, राजनीतिमा छेपारे र चेपारे प्रवृतिसँग किन गुनासो? हरेक दशकले त्यो चटक भोग्दै त आएको छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्।

यसअघि सञ्जाल बन्द गर्ने सरकारको कदमलाई बास्कोटाले सरकार उत्तर कोरियाको बाटोमा जान लागेको जिकिर गरेका छन्। ‘नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथेँ मैले। तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ। विकृति अन्त गर्न सूचनामा बिर्को लगाउने हैन नि,’ उनले भने।

फेसबुक, इन्स्ट्राग्राम लगायत सञ्ज‍ालमा प्रतिबन्ध लगाएसँगै जेनजी पुस्ताले टिकटकमा ‘नेपोबेबी’ अभियान सुरु गरेका छन् जसमा नेता र उनका सन्तानलाई विभिन्न व्यक्तिहरूले एक्सपोज गरिरहेका छन्।