काठमाडौं- अभिनेता अनमोल केसीले सोमबार जेन-जी पुस्ताले आयोजना गर्ने जनाइएको ‘आन्दोलन’मा ऐक्यबद्धता जनाएका छन्।
फेसबुकमा स्टाटस लेख्दै केसीले सामाजिक संजालमा रोक लगाउने सरकारी कदमको आलोचना गरेका छन्।
उनले लेखेका छन्, ‘नेपालको नागरिकको रूपमा, म मेरा जनताको आवाजलाई बेवास्ता गर्न सक्दिन । हामीलाई संसार र एकअर्कासँग जोड्ने सामाजिक सञ्जाल प्लेटफर्ममा हालैका प्रतिबन्धहरू गहिरो रूपमा चिन्ताजनक छन् । रचनात्मकता, अभिव्यक्ति स्वतन्त्रता र सञ्चारलाई कहिल्यै चुप लगाउनु हुँदैन । आउनुहोस्, एकता, शान्ति र दृढ संकल्पका साथ उभिऔं, जहाँ आवाजहरू सुनिन्छन्, अवरुद्ध होइन।’
उनले सोमबार हुने भनिएको ‘जेन-जी आन्दोलन’को पोस्टर पनि सेयर गरेका छन्।
‘आवाज उठाउने पुस्ता, जेन–जेडको संघर्ष, भोलिको भेला हाम्रो भविष्य’ उनले लेखेका छन्।











