images
images
images

सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि कांग्रेसभित्र तिव्र विवाद

काठमाडौँ – शुक्रबार फेसबुक लगायतका २६ सामाजिक सञ्जालमाथि सरकारले प्रतिबन्ध लगाएको विषय कांग्रेसभित्र विवादित बनेको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकार रहेको कांग्रेस नेतृत्वले पार्टीभित्र छलफल नगरेको भन्दै महामन्त्री गगन थापाले असन्तुष्टि पोखेपछि उपस्थित अधिकांश नेताहरूले साथ दिएका थिए ।

महामन्त्री थापाले नेपालमा २ करोडभन्दा बढि प्रयोगकर्ता भएको सामाजिक सञ्जाल सरोकारवाला र जनताले चुनेका उनीहरूको जनप्रतिनिधिसँग सल्लाह नगरी सरकारले प्रतिबन्ध लगाएको भन्दै आपत्ति जनाएका छन् ।

महामन्त्री थापाले संसदमा विचाराधीन विधेयकलाई बेवास्ता गरेर समाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत भएको बताएका छन् ।

महामन्त्रीले आफ्नो धारणा राखेपछि सहमहामन्त्री महेन्द्र यादव, पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय कार्यसम्पादन समिति सदस्य बालकृष्ण खाणले पनि सामाजिक सञ्जालबारे कुरा राखेका थिए।

कार्यसम्पादन समितिमा सबैको कुरा सुनिसकेपछि सभापति शेरबहादुर देउवाले मन्त्रीहरूसहित नेताहरूलाई राखेर एक दुई दिनभित्रै छलफल गरी निचोडमा पुग्ने बताएका छन्।