काठमाडौँ -जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी गरेको छ।
जेन-जी पुस्ताको आन्दोलन अनियन्त्रित हुँदै गएपछि कर्फ्यू जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिएका छन्।
रिजालका अनुसार माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि* कर्फ्यू जारी गरिएको हो।











