काठमाडौँ- ‘जेनजी’ले सरकारबिरुद्ध गरेको आन्दोलन अनियन्त्रित हुँदा सुरक्षाकर्मीले गोली चलाएका छन्। नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना प्रहरीको गोली लागी घाइते भएका छन्। उनलाई अस्पताल लगिएको छ।
संसद् भवनको मुख्य द्वारअघि भएको गोली प्रहारमा प्रदर्शनकारीहरु घाइते भएका छन्।
कान्तिपुरका क्यामेरामेन श्याम श्रेष्ठको हातमा समेत गोली लागेको एक प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।
झडपमा केही सुरक्षाकर्मीहरू समेत घाइते भएका छन्।










