images
images
images

गण्डकीका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास, प्रहरीले हान्यो अश्रुग्यास

पोखरा – जेन जी आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका छन् ।

आज भएको आन्दोलनका क्रममा उनीहरूले आगजनी प्रयास गरेपछि प्रहरीले बल प्रयोग गर्‍यो ।

आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको छ । प्रहरी र आन्दोलनकारीबीच मुठभेड जारी छ ।