images
images
images

भरतपुर महानगरपालिकामा तोडफोड, प्रहरीले हान्यो अश्रुग्यास

भरतपुर – जेनजीको आन्दोलनका क्रममा भरतपुर तनावग्रस्त बनेको छ ।

आन्दोलनकारीले भरतपुर महानगरपालिका कार्यालयमा तोडफोड गरेका छन् ।

केही आन्दोलनकारीले ढुंगामुढा सुरु गरेपछि प्रहरीले पनि बल प्रयोग गरेको छ ।

प्रहरीका तर्फबाट अश्रुग्यास प्रहार गरिएको छ । प्रदर्शनकारीहरु महानगरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए ।