काठमाडौँ– जेन-जी युवाहरूले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर क्षेत्र अशान्त बनेको छ। प्रदर्शन उग्र बनेपछि प्रहरीले नियन्त्रणमा लिन पानीको फोहरा, अश्रुग्यास र गोली प्रहारसमेत गरेको छ।
गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ। करिब १०० जना घाइते भएको अनुमान गरिएको छ। बानेश्वरमै रहेको सिभिल अस्पतालमा उपचार गराइरहेकाहरूलाई अस्पतालको जनशक्ति अभाव भएपछि बाहिरबाट माग गरिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिसकेको भए पनि युवाहरूले त्यसको कुनै प्रवाह गरेका छैनन्। उनीहरू बानेश्वर क्षेत्रमै प्रदर्शन गरिरेहका छन् भने संसद् भवनभित्र छिर्न निरन्तर प्रयास गरिरहेका छन्।
प्रदर्शनमा रहेकाहरूले संसद् भवन बाहिरको पर्खाल भत्काउनसमेत गरेका थिए। यद्यपि अहिले सेना परिचालन भइसकेको छ। सेना परिचालन भएको भए पनि युवाहरूले सडकमै प्रदर्शन गरिरहेका छन्।









