images
images
images

ललितपुरमा पनि तोकियो निषेधित क्षेत्र

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय, ललितपुरले आज साँझ ६ः०० बजेदेखि लागू हुने गरी केही स्थानमा सभा, जुलुस, धर्ना गर्न निषेध गरेको छ।

प्रशासनले सार्वजनिक शान्ति सुरक्षामा असर पर्न सक्ने भएको उल्लेख गर्दै विभिन्न स्थानमा सभा, जुलुस, धर्ना गर्न निषेध गरेको हो।

कार्यालयले पुलचोकस्थित युएन हाउस र न्यायाधीश निवासको २०० मिटर क्षेत्र (पूर्वतर्फ इरानमोड जाने मूलबाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय र दक्षिणतर्फ राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय सहकारी विकास बोर्डको चौहद्धीभित्र), भैँसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र (पूर्वमा भैँसेपार्टीबाट बुङमती जाने सडक, पश्चिमतर्फ सिजी हाउजिङ, उत्तरतर्फ भैँसेपाटी आवास गेट र दक्षिणतर्फ इटनी जाने ओरालो सीमा कायम गरी सोभित्र) र सानेपास्थित नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय क्षेत्र (पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिर पक्की सडक)को क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि उल्लेखित कार्य गर्न निषेध गरेको हो।