images
images
images

ट्रमा सेन्टरमा ८ जनाको मृत्यु, ६६ जनाको उपचार जारी (सूची)

काठमाडौँ – जेन–जी आन्दोलनमा सरकारले बर्बर दमन गरेको छ। प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ।

काठमाडौँमा १७ जनाले ज्यान गुमाएका छन् भने इटहरीमा दुई जनाको मृत्यु भएको छ।

काठमाडौँको ट्रमा सेन्टरमा मात्रै ८ जनाको मृत्यु भएको छ भने ६६ जना घाइतेको उपचार भइरहेको छ।

ट्रमा सेन्टरले उपचारका क्रममा ज्यान गुमाउने र घाइतेहरूको विवरण सार्वजनिक गरेको छ।

ज्यान गुमाउनेहरूमा १९ वर्षीय श्रीराम चौलागाईं, २१ वर्षीय सुलभराज श्रेष्ठ, ४२ वर्षीय बुद्धिबहादुर तामाङ, अन्दाजी २८/२९ वर्षीय गौरव जोशी, २४/२५ वर्षीय सौरभ कटुवाल र २६ वर्षीय ईश्वतबहादुर अधिकारी छन्। ज्यान गुमाएका बाँकी दुई जनाको पहिचान खुलिनसकेको ट्रमा सेन्टरले जनाएको छ।