काठमाडौँ – जेनजीको भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा भएको प्रहरीको बल प्रयोगमा एक दर्जनभन्दा बढीको मृत्यु भएपछि देशव्यापी आक्रोश बढेको छ ।
यसैबिच प्रहरीको दमनको विरोधमा सोमबार साँझ काठमाडौँको न्युरोड क्षेत्रमा समेत विरोध प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडपसमेत भएको छ ।
आज दिनभर काठमाडौँमा भएको प्रदर्शनमा १ सयभन्दा बढी घाइते पनि भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।









