काठमाडौँ— मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिन अस्वीकार गरेको छ।
सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवाले फोन गरी प्रधानमन्त्री ओलीलाई तत्काल सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिन आग्रह गरे पनि प्रधानमन्त्री ओलीले अस्वीकार गरेका हुन्।
एक मन्त्रीका अनुसार जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरूको छानबिन गर्न समिति गठन गर्ने निर्णय भने सोमबार साँझको मन्त्रिपरिपरिषद् बैठकले गरेको छ।
जेनजी प्रदर्शनका क्रममा प्रहरी अन्धाधुन्ध गोली चलाउँदा काठमाडौँमा १८ र इटहरीमा २ गरी २० प्रदर्शनकारीको ज्यान गुमेको छ।









