images
images
images

काठमाडौँ उपत्यकाका निजी विद्यालय भोलि बन्द हुने

काठमाडौँ – काठमाडौँ उपत्यकाका निजी विद्यालय मंगलबार बन्द हुने भएका छन्।

पछिल्लो समय उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै भोलि विद्यालय बन्द गर्न लागिएको हो।

विद्यालयहरूले अभिभावकहरूलाई भोलि विद्यालय बन्द हुने सूचना पठाएका छन्। सोमबार काठमाडौँमा भएको जेन–जी आन्दोलनमाथि सरकारले दमन गर्दा १९ जनाले ज्यान गुमाएका छन्।

प्रहरीको गोली लागेर काठमाडौँमा १७ र इटहरीमा दुई जनाको मृत्यु भएको छ भने सयौँ प्रदर्शनकारीहरू घाइते भएका छन्।