images
images
images

यी हुन् जेनजी नेपालले अघि सारेका प्रमुख पाँच माग

काठमाडौँ- आन्दोलनरत जेनजी नेपालले आफ्ना पाँच प्रमुख माग सार्वजनिक गरेको छ।

आन्दोलनकारीहरूले राजनीतिक अस्थिरता, नेतृत्वप्रति अविश्वास र युवापुस्ताको भविष्यप्रतिको चिन्ता व्यक्त गर्दै तत्कालीन कदम चाल्न सरकार र राजनीतिक दलहरूलाई दबाब दिएका छन्।

जेनजी नेपालले संसद विघटनको माग अघि सारेको छ। त्यस्तै सांसदहरूको सामूहिक राजीनामा, गोली हान्न आदेश दिने तथा हिंसक दमनमा संलग्न उच्च अधिकारीलाई तत्काल निलम्बन, आफूहरूले सिफारिस गर्ने व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन र अन्तरिम सरकार अन्तर्गत छिट्टै निर्वाचन।

आन्दोलनरत युवाहरूले भनेका छन्, “पुरानो राजनीतिक सोचले देशलाई अगाडि बढाउन सकेको छैन। अब नयाँ पुस्ताले नेतृत्व लिनैपर्छ।”