images
images
images

सरकार छाड्ने कांग्रेसको तयारी

काठमाडौँ-  नेपाली कांग्रेसका दुई महामन्त्री, नेता शेखर कोइरालासहित पार्टीका नेताहरूले सरकारबाट बाहिरिने गरी तयारी सुरु गरेका छन्।

बिहान पदाधिकारी र कार्यसम्पादन समितिको बैठक राखेर निर्णय गर्ने तयारी भए पनि त्यो सम्भव नभएपछि पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको हो।

‘पहिलो कांग्रेसले सरकार छाड्ने, दोस्रो आन्दोलनरत पक्षसँग सार्थक वार्ता गर्ने र तेस्रो प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार गठनको वातावरण बनाउने,’ उनले भने।

सोमबार साँझको पार्टी पदाधिकारी बैठकमा पनि कतिपय कांग्रेस पदाधिकारीहरूले कांग्रेसले सरकार छाड्नुपर्ने प्रस्ताव राखेका थिए।

नेता शेखर कोइरालाले आफू पक्षका मन्त्रीहरूलाई राजीनामा दिन सुझाएअनुसार कृषि मन्त्री रामनाथ अधिकारीको राजीनामा आइसकेको छ।