images
images
images

एमाले निकट अनेरास्ववियुका पूर्वअध्यक्ष बडालले मागे ओलीको राजीनामा

काठमाडौँ– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन सुझाव दिएका छन्।

मंगलबार बिहान समाजिक सञ्जालमार्फत बडालले युवा पुस्ताको आवाज दबाउने हर्कतले प्रत्येक नेपालीको मन पोलिरहेको र नैतिक जिम्मेावरी स्वीकार गरेर राजीनामा दिन सुझाव दिएका हुन्।

बडालको भनाइ यस्तो छ–

यो नरसंहार गर्न कसैलाई छुट छैन। स्वतःस्फूर्त उठेको पुस्ताको आवाज दबाउने हर्कतले प्रत्येक नेपालीको मन पोलिरहेको छ, हामी कार्यकर्ताहरूको पनि पोलिरहेको छ। प्रधानमन्त्रीज्यू, आज तपाईं बसिरहेको पद तपाईंको व्यक्तिगत सम्पत्ति होइन। त्यो पदको विरासत हामीजस्ता कार्यकर्ताले आफ्नो पसिना, आँसु र संघर्षबाट दिलाएका हौ। अब त्यो पदको वास्तविक सम्मान गर्ने बाटो एउटै छ ,नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा गर्नुहोस्। यही कदमले मात्र तपाईंको राजनीतिक यात्रालाई जनताले मनन गर्ने र इतिहासले न्याय गर्ने छ।