images
images
images

प्रधानमन्त्रीको निजी निवास बालकोटमा गोली चल्यो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा प्रदर्शनकारीले तोडफोड गरेपछि प्रहरीले गोली चलाएको छ।

ओलीको निवास प्रदर्शकारीले कब्जा गर्ने प्रयास गरेपछि सुराक्षकर्मीले गोली चलाएका हुन्।

सोमबर जेन जीहरुले गरेको प्रदर्शनमा सकारले बल प्रयोग गरी १९ युवाका हत्या गरेपछि आक्रोसित बनेका नागरिकहरुले पार्टी कार्यालय र नेताका निवासहरुलाई लक्षित गर्दै आक्रमण गरीरहेका छन्। सोही क्रममा बालकोटस्थित ओली निवास कब्जा गर्न पुगेको प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो।

गोली लागेर दुई जना घाइते भएको जनाइएको छ। यसअघि प्रदर्शनकारीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासमा तोडफोड गरेका थिए।