images
images
images

प्रधानमन्त्री ओलीले आह्वान गरे सर्वदलीय बैठक

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्।

जेनजी पुस्ताको आन्दोलनमा दमनका कारण १९ जना युवाको ज्यान गएपछि देशभर आन्दोलन चर्किएपछि समस्या समाधानका लागि भन्दै प्रधानमन्त्रीले बेलुुका ६ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्।

 

युवाहरुको हत्यो जिम्मा लिएर तत्काल पद छाड्न चौतर्फी माग भइरहेका बेला ओली आफैँले समस्या समाधानका लागि भन्दै सर्वदलीय बैठक बोलाएका हुन्।

उनले संयम हुन आह्वान समेत गरेका छन्। आफू संवादबाट समाधान गर्न तयार रहेको जनाउँदै उनले सार्थक निष्कर्षका लागि भन्दै बैठक बोलाएका हुन्।

‘कुनैपनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो, ओलीले विज्ञप्ति जारी गर्दै अघि भनेका छन्, ‘उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निस्कर्षको लागि संबद्ध पक्षसँग संवादमा रहेको छु । त्यसैको लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान समेत गरेको छु । सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई यो विषम परिपिस्थतिमा संयम रहन विनम्र अनुरोध गर्दछु ।’