काठमाडौं – सुरक्षा कारण देखाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । यससँगै विमानस्थल क्षेत्रमा सेना परिचालन गरिएको छ ।
निरन्तरको आन्दोलन, तोडफोड र आगजनीले विमानको सुरक्षा स्थिति गम्भीर बन्दै गएकोले विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार विमानस्थल आसपासका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र घटनाक्रमले हवाइ सुरक्षा चुनौतीपूर्ण बनाएकोले यस्तो गरिएको हो ।









